Skip to content

एनपिएलमा आज दुई खेल: पूर्व र पश्चिमका २ छिमेकी भिड्दै

काठमाडौँ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सोमबार दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ। पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दैछन्। विराटनगरका लागि आजको खेल प्रतियोगिताको तेस्रो खेल हुनेछ। जनकपुरले भने दोस्रो खेल खेल्दैछ। विराटनगर अपराजित छ। उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले तथा दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको थियो। जनकपुर बोल्ट्स पहिलो खेलमा काठमान्डु गोर्खाजसँग पराजित भएको थियो। जनकपुर अनिल साहको कप्तानीमा छ भने विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानीमा छ।

कर्णाली र सुदूरपश्चिम दुवैले ‍तेस्रो खेल खेल्दैछन्। सुदूरपश्चिम अघिल्ला दुवै खेलमा विजयी भएको छ। उसले पहिलो खेलम काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गर्दा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले हराएको थियो। चितवन राइनोजसँगको पहिलो खेलमा ४ विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो। कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गरेका छन् भने त्यस्तै सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्