Skip to content

काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा, स्वीकृत हुन बाँकी

काठमाडौं – काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि प्रमुख पाण्डेले राजीना बुझाएको महागरको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए । उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ । राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्नेछन् । उनलाई मेयर शाहले काठमाडौं ४ बाट उम्मेदवार बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्