Skip to content

पूर्वराजाको स्वागत गर्ने हाम्रो नैसर्गिक अधिकार हो : मिश्र

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न पाउनु आफूहरूको नैसर्गिक अधिकार भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘विमानस्थलजस्तो संवेदनशील क्षेत्र सुरक्षित रहोस् तर त्यसबाहिर राजाको शान्तिपूर्ण स्वागत गर्ने हाम्रो नैसर्गिक अधिकार हो। अरूहरूको स्वागत हुँदा केही नहुने, राजको स्वागतमा निषेधाज्ञा जारी गर्नुपर्ने ? कृपया, निषेधको राजनीति अब त बन्द गरौँ।’ हाल झापामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किने तय भएसँगै राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्