काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकपको समूह ‘ए’ अन्तर्गत समूह ‘ए’ को बहुप्रतीक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियम मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो।
भारतका लागि ओपनर इशान किशन ले आक्रामक प्रदर्शन गर्दै ४० बलमा ७७ रनको उत्कृष्ट इनिङ्स खेले । उनले १० चौका र ३ छक्का प्रहार गरे । कप्तान सूर्यकुमार यादव ले ३२ रन तथा तिलक वर्मा ले २५ रनको योगदान दिए । पाकिस्तानका लागि साइम अयुब ले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । १ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात कमजोर रह्यो। भारतीय बलरहरूको दबाबमा पाकिस्तानी ब्याटरहरू क्रिजमा टिक्न सकेनन् र टोली १७ ओभर ५ बलमा १ सय १४ रनमै अलआउट भयो । भारतका लागि जसप्रित बुमराह, वरुण चक्रवर्ती, अक्षर पटेल र हार्दिक पाण्ड्या ले समान २–२ विकेट लिए भने कुलदीप यादव र तिलक वर्माले १–१ विकेट हात पारे । ७७ रन बनाएका इशान किशन प्लेयर अफ द म्याच घोषित भए । यस जितसँगै भारतले प्रतियोगिताको ‘सुपर ८’ चरणमा स्थान सुरक्षित गरेको छ ।





प्रतिक्रिया दिनुहोस्