मुम्बई – दीपेन्द्र सिंह ऐरीको आक्रामक अर्धशतकमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले हराउँदै १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ । वानखेडे स्टेडियममा स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै लगातार दोस्रो अर्धशतक बनाए। कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन जोडे भने गुल्सन झा २४ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ७ विकेट गुमाएर १७० रन बनाएको थियो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिए । समूह चरणबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा सान्त्वना जित निकाल्दै सुखद अन्त्य गरेको हो। सन् २०१४ पछि टी२० विश्वकपमा नेपालको यो पहिलो जित हो ।





प्रतिक्रिया दिनुहोस्