Skip to content

टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन् । कोलम्बोको पल्लेकेले स्टेडियममा मंगलबार बेलुकी सवा ७ बजे इंग्ल्याण्ड र पाकिस्तान भिड्न लागेका हुन् । सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो । पाकिस्तान भने पहिलो खेल खेल्दैछ । यसअघि न्युजिल्याण्ड विरूद्धको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तानले अंक बाँडेको थियो ।

त्यसकारण उसलाई आजको खेल जित्नैपर्ने दबाब छ । इंग्ल्याण्डविरूद्ध जित निकाल्न सके पाकिस्तानको सेमिफाइनल सम्भावना प्रबल नै रहन्छ। इंग्ल्याण्ड विजयी भए उसको सेमिफाइनल पुग्ने पक्का हुनेछ । सुपर-८ को समूह ‘बी’ इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन् । प्रत्येकले एक अर्कासँग खेलेपछि शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्