Skip to content

टी-२० विश्वकपमा आज दुई खेल, बाहिरिने एक टोलीको लाग्नेछ टुंगो

आइसिसी टी-२० विश्वकपमा बिहीबार दुई खेल हुँदैछ । सुपर-८ को समूह ‘ए’ का दुई खेल आज हुन लागेको हो। दुवै खेल भारतमा हुनेछ । पहिलो खेलमा वेस्ट इण्डिज र दक्षिण अफ्रिका भिड्दैछन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अपराह्न सवा ३ बजे वेस्ट इण्डिज र दक्षिण अफ्रिका भिड्नेछन् । यी दुवै टोलीले पहिलो खेलमा फराकिलो जित निकालेको थियो । वेस्ट इण्डिजले जिम्बाब्वेलाई १०७ रनले हराएको थियो । दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गरेको थियो । यी दुई टोलीको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन भने पराजित हुने टिमको सम्भावना पनि जीवितै रहनेछ ।

पहिलो खेलमा पराजित भएका भारत र जिम्बाब्वे साँझ सवा ७ बजे चेन्नाईको एमए चिदम्बरम स्टेडियममा भिड्दैछन् । यो खेलमा पराजित हुने टोली बाहिरिनेछ। विजेताको भने सेमिफाइनल सम्भावना जीवित रहनेछ  । समूह ‘बी’बाट श्रीलंका बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्