Skip to content

चुनावको मुखमा लमजुङका सिडिओ निलम्बित

पोखरा – लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ३२ जनाविरुद्ध सवारी दर्ता प्रकरणमा विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो । ढुङ्गाना गत पुस १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा सिडिओका रूपमा कार्यरत छन् । उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगको दाबी छ । आयोगका अनुसार यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा राष्ट्रसेवक र गैर–राष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा नेपाल ल्याइएका ‘ब्रेजा’ सवारीलाई सरकारी अभिलेखमा प्रविष्ट गरी वैध बनाइएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९९२० बमोजिम ढुंगानामाथि कैद र जरिवानाको मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्