काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सिस्टम नबनाएसम्म देश नबन्ने बताएका छन् । बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सिस्टम बनाएर निमसंगत ढङ्गबाट गतिका साथ काम गर्नको लागि आफूले ७ वर्षदेखि काम गर्दै आइरहेको बताए । उनले भने, ‘हामीले दिनरात ७ वर्ष काम गरेका छौँ। प्रोजेक्ट गभर्मेन्ट हामीले दिनरात काम गरेर किसानलाई समयमा मल पुर्याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेको सम्मको काम टीम बनाएर गरिरहेका छौँ। बल्ला काम गर्ने ठाउँमा जाने मौका पाएका छौँ ।’ उनले पार्टीका नेता कार्यकर्तालाई चुनावअघि घरघर जान निर्देशन दिए। सामाजिक सञ्जालबाट मात्रै नहुने भन्दै घरघर पुगेर मतदातासँग कांग्रेस नयाँ सङ्कल्प गरेर आएको कुरा राख्न आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस्