Skip to content

नेसनल प्याब्सन सिन्धुलीमा नयाँ जिल्ला समिति गठन, प्रदेश समितिमा पनि पदस्थापन

सिन्धुली — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याब्सन) सिन्धुली जिल्ला समिति र बागमती प्रदेश समितिको पदस्थापन तथा शुभकामना कार्यक्रम शनिबार सिन्धुलीमाडीस्थित प्रयास होटल एण्ड रिसोर्टको सभा हलमा सम्पन्न भएको छ । जिल्ला समितिका अध्यक्ष सोनाम बज्यू, सचिव निराजन श्रेष्ठ र कोषाध्यक्ष हेम विक्रम थापालाई बागमती प्रदेश समितिमा पदस्थापन गरिएपछि रिक्त रहेका पदहरूमा नयाँ नेतृत्व चयन गर्दै १३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।

नवनिर्वाचित जिल्ला समितिको अध्यक्षमा प्रह्लाद हमाल चयन भएका छन्। उपाध्यक्षमा पदमबहादुर खड्का, सचिवमा ज्ञानेन्द्र भट्टराई र कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा उदय पाण्डे, वेनुपराज उप्रेती, दिनेश बुढाथोकी, शिवकुमारी खत्री, पूर्णप्रसाद भण्डारी, मणी काफ्ले, दिपा कुमारी कार्की, अमर कटुवाल र गंगा मगर ठकुरी रहेका छन् । त्यसैगरी, बागमती प्रदेश समितिमा पनि रिक्त पदहरूमा पदस्थापन गरिएको छ। प्रदेश समितिको उपाध्यक्षमा सोनाम बज्यू, मुनी सिलवाल र सन्तु खड्का चयन भएका छन्। सचिवमा प्रशान्त दाहाल, सहसचिवमा निराजन श्रेष्ठ, कोषाध्यक्षमा साधुराम गैडा र सहकोषाध्यक्षमा हेम विक्रम थापा (अर्जुन) रहेका छन्। सदस्यमा निरु प्रजापती चयन भएकी छन् । कार्यक्रम नेसनल प्याब्सनका निवर्तमान राष्ट्रिय अध्यक्ष तथा संगठन विभाग प्रमुख पाण्डव हमाल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सशक्त, चुस्त र प्रभावकारी बनाउन जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। साथै सदस्य विद्यालयहरूको हकहित संरक्षण गर्दै समग्र शिक्षा क्षेत्रको विकासमा सक्रिय हुन निर्देशन दिएका थिए ।

बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य रबिन पौडेल, युवराज शाही, डा. नवराथ बानियाँ, काठमाडौं जिल्ला अध्यक्ष होमबहादुर अधिकारी, भक्तपुर जिल्ला अध्यक्ष पुन्याराम कन्वा, सचिव रत्न राई, बु.न.पा. नगर समिति अध्यक्ष सुदिप काफ्ले लगायत सिन्धुलीका बहुसंख्यक सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तत्कालीन सचिव निराजन श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्