काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटअन्तर्गत फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ ।
मुलपानी क्रिकेट मैदानमा सुरु भएको यो खेल बिहीबारसम्म सञ्चालन हुनेछ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
यसअघि फागुन १७ देखि १९ गतेसम्म तय गरिएको फाइनल खेल निर्वाचनका कारण स्थगित गरिएको थियो । उक्त खेल अब तीन दिवसीय स्वरूपमा आयोजना भइरहेको छ ।
प्रतियोगितामा यसपटक गत संस्करणको प्रधानमन्त्री कप क्रिकेटका शीर्ष चार टोली—आर्मी, पुलिस, एपीएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्