Skip to content

रास्वपामा शैली परिवर्तन : रवि लामिछाने संयमित, बालेन शाह अनुपस्थित

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावपछि आफ्नो शैली परिवर्तन गरेको संकेत देखिएको छ। आम निर्वाचनअघि आक्रामक देखिएका लामिछाने अहिले संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन थालेका छन् । ग्वार्कोमा आयोजित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उनले पार्टीलाई जनताको सेवकका रूपमा काम गर्न निर्देशन दिँदै निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय र लगानीकर्तालाई विश्वास दिलाउने प्रयास गरेका छन् । उनले सामाजिक सञ्जालमा हुने आक्रामकता रोक्न र विपक्षीप्रति मर्यादित व्यवहार गर्न कार्यकर्तालाई आग्रह गरे। साथै सांसदहरूलाई सरकारी सेवामै निर्भर हुन र अनुशासनमा बस्न निर्देशन दिएका छन् । लामिछानेले विगतका राजनीतिक दलहरूको योगदानको सम्मान गर्दै अब भविष्यको जिम्मेवारी रास्वपाले लिने बताएका छन्। उनले नागरिकको अपेक्षा उच्च भएकाले सावधानीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बालेन शाह भने अनुपस्थित रहे। रास्वपाका अनुसार उनी स्वास्थ्यलाभ गरिरहेका छन्, तर पार्टीको महत्वपूर्ण कार्यक्रममा सहभागी नभएको विषयमा जिज्ञासा उठेको छ ।

प्रतिक्रिया दिनुहोस्