Skip to content

बालेनसहित रास्वपाका चार नेताको छलफल

काठमाडौं – बालेन्द्र शाह सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूबीच बिहीबार बेलुका महत्वपूर्ण छलफल भएको छ। समसामयिक राजनीतिक अवस्था, सम्भावित सरकार गठन र नेतृत्वको स्वरूपबारे केन्द्रित रहेर उनीहरूबीच मन्थन भएको बताइएको छ। छलफलमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्याल सहभागी थिए । नेताहरूले सरकारको सम्भावित संरचना, प्राथमिकता र कार्यशैलीबारे धारणा आदानप्रदान गरेका थिए। विशेषगरी सुशासन, पारदर्शिता र परिणाममुखी कार्यसम्पादनलाई केन्द्रमा राख्दै नयाँ ढंगको मन्त्रिमण्डल गठन गर्ने विषयमा जोड दिइएको स्रोतले जनाएको छ । यसैबीच, बालेन साहको सम्भावित भूमिकालाई लिएर राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ । यदि उनको नेतृत्वमा कस्तो खालको मन्त्रिमण्डल गठन होला भन्ने विषय अहिले व्यापक बहसको विषय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्