काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सदनमा जनताको प्रश्नको अस्तित्व नभए जनता आफैँ सदनमा छिर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद झाले सदन भनेको जनताको आवाज उठाउने ठाउँ भएको बताएका हुन् । ‘सदनमा जनताको प्रश्नको अस्तित्व हुँदैन भने त्यहाँ जनता आफैँ छिर्छन्,’ झाले भने, ‘त्यो भदौ २३ र २४ गते देखियो । त्यो सहकर्मी साथीहरूले सम्झिरहनुहोला ।’ यसअघि सदन, बालुवाटार, बूढानीकलकण्ठ, बालकोट र खुमलटारको बन्न खोज्दा भदौ २३ र २४ को घटना घटेको झाले बताए । सदनमा सत्तापक्षको दम्भ देखिँदा जेन–जी आन्दोलन भएको झाले बताए । ‘सत्ताले सदनमा दम्भ देखाउँदा के हुन्छ, त्यो भदौ २३ र २४ देखिइसक्यो,’ झाले भने, ‘सभामुखले उदारता देखाउनु छ, संस्कार देखाउनु छ र विश्वास दिलाउनु छ ।’ उनले पार्टीबाटै सभामुख बनेका डोलप्रसाद (डीपी) अर्याललाई बधाई पनि दिए ।





प्रतिक्रिया दिनुहोस्