राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी छन् । आजको राष्ट्रिय सभा बैठकमा उनी निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो । माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन् । उपाध्यक्ष भण्डारीलाई राष्ट्रिय सभाका सांसदहरूले बधाई तथा कार्यकाल शुभकामना दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्