काठमाडौँ – ललितपुरको सातदोबाटोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार लिउँसो १ बजेतिर सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी घर भई हाल ललितपुरको सानेपा बस्ने ६५ वर्षका बिदुर गुरुङ र उनकी आमा ८४ वर्षकी धनमाया गुरुङ रहेका छन्। धनमाया मोटरसाइकलको पछाडि सवार थिइन्। बिदुर सशस्त्र प्रहरी बलका अवकासप्राप्त एसपी हुन् ।
दुर्घटनापछि उनीहरुलाई तत्काल अल्का अस्पताल–२ मा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए । सडकको छेऊको लेनमा मधेश प्रदेश–०३–०००१ ख ०६ नम्बरको ट्रक र सोहि दिशाबाट जादै गरेको मोटरसाइकल बागमती ए एए९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक चालक बाराको जितपुर सिमारा १२ का ३३ वर्षीय बिनोद खा थारु प्रहरीको नियन्त्रणमा छन् ।





प्रतिक्रिया दिनुहोस्