Skip to content

त्रिवि शिक्षण अस्पतालमा पनि शनिबार र आइतबार बिदा

काठमाडौं – त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारलेसाताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार आइतबार दुई दिन नै बिदा दिने सूचना प्रकाशित गरेको हो । सरकारको निर्णय अनुसार त्रिवि कार्यकारीपरिषद्ले २३ चैत गते बिदा दिने निर्णय गरेपछि कार्यान्वयन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालले जारी गरेको सूचनामा शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्