कैलाली – कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग्रामीण कच्ची सडकबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा कृष्णपुर नगरपालिका-१ का ६० वर्षीय नन्दराम पार्की र सोही ठाउँकी ६२ वर्षीया कलावति देवी बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा परेर जिपमा सवार ६ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्