काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्ब्याएको बताएका छन् । पाकिस्तानको अनुरोधमा इरानसँग युद्धविराम बढाउने बताए पनि ट्रम्मले इरानी बन्दरगाहहरूको नाकाबन्दी भने जारी राख्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले इरानले शान्ति वार्ताको लागि एकीकृत प्रस्ताव नल्याएसम्म युद्धविराम जारी राख्ने बताए । ‘मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार र सक्षम रहन निर्देशन दिएको छु । र, त्यसैले उनीहरूको प्रस्ताव पेश नभएसम्म र छलफलहरू कुनै न कुनै रूपमा समाप्त नभएसम्म युद्धविराम विस्तार गर्नेछु’, ट्रम्मले भनेका छन् ।




प्रतिक्रिया दिनुहोस्