Skip to content

देउवा समूहद्वारा महाधिवेशनका लागि पाँच समिति गठन, बस्नेत देखि साउदसम्मलाई जिम्मेवारी

Nepal Bank

काठमाडौं – नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनको तयारीका लागि पाँचवटा समिति गठन गरेको छ । महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले शुक्रबार विभिन्न समितिका संयोजक मनोनयन गरेको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए । ९ मंसिरमा बसेको मूल तयारी समितिको बैठकको निर्णयअनुसार प्रचारप्रसार समितिको संयोजकमा डा. प्रकाशशरण महत मनोनीत भएका छन् ।

त्यस्तै, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा मोहनबहादुर बस्नेत मनोनीत भएका छन् । यसैगरी, सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको संयोजक कुइकेलले जानकारी दिए । देउवा समूहको १५औं महाधिवेशन २१–२३ मंसिरमा काठमाडौंमा हुँदैछ । देउवा समूह अहिले जिल्ला र प्रदेश अधिवेशनहरू गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्