काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन तयारीका लागि आज बैठक बोलाएको छ। समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले प्रेस विज्ञप्ति जारी गर्दै बैठक आज मंसिर ९ गते बुधबार बिहान ११ बजे बस्ने जानकारी दिएका हुन्। काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकमा कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वपदाधिकारी, सांसद, पूर्वसांसद, सातै प्रदेशका पदाधिकारी, जिल्ला सभापति तथा संयोजक र महाधिवेशनका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिलाई आमन्त्रण गरिएको छ। त्यसैगरी, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा पदाधिकारी, प्रदेशसभा सदस्य, पूर्वप्रदेशसभा सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका पूर्वपदाधिकारी तथा काठमाडौं उपत्यकाभित्रका क्षेत्रीय सभापति र जिल्ला पदाधिकारीलाई समेत बैठकमा उपस्थित हुन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्