Skip to content

सशस्त्र प्रहरी बलकाे १३औँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेललाई नियुक्त

काठमाडौँ – सरकाले सशस्त्र प्रहरी बलकाे १३औँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेललाई नियुक्त गरेकाे छ । साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो । महानिरीक्षक राजु अर्याल ४ वर्षे पदावधि पूरा गरी १८ वैशाखमा अनिवार्य अवकाशमा जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस्