काठमाडौँ – शिक्षक सेवा आयोगलले चार वटा मुख्य विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई निम्न माध्यामिक तहको लाइसेन्स दिने जनाएको छ । आयोगले सूचना प्रकाशित गरी कक्षा ११ र १२ मा चार वटा मुख्य विषय अध्ययन गरेकालाई मात्र निम्न माध्यामिक तहको लाइसेन्स दिने जनाएको हो । कक्षा ११ मा बाल विकास र सिकाइ, कक्षा १२ मा शैक्षिक विधि र मूल्याकंन पढेको हुनुपर्नेछ ।
त्यस्तै, कक्षा ११ र १२ मा मनोविज्ञान तथा शिक्षा र विकास अध्ययन गरेकालाई मात्र आयोगले कक्षा ८ सम्म पढाउन लाइसेन्स लिने जनाएको छ । शिक्षा ऐन, २०२८ ले शिक्षक सेवा आयोगबाट अनुमति नलिइ शिक्षक बन्न नपाउने व्यवस्था गरेको छ ।






प्रतिक्रिया दिनुहोस्