Skip to content

आजदेखि लागू हुने गरी फेरि बढ्यो गाडी भाडा

काठमाडौँ – सरकारले पुनः सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो । अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको विभागले जनाएको छ । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ । अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोही अनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्