काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजालले पनि राजीनामा दिएका छन्। उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन् । हालै सिफारिस भएको अध्यादेशमा पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको तथा सत्तारुढ दलका केही नेताको पनि त्यस्तै संकेत देखिएपछि बिहीबार कुलपति बालेन्द्र शाहलाई राजीनामा बुझाइएको बताइएको छ । केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने उपकुलपति अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।





प्रतिक्रिया दिनुहोस्