Skip to content

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार उक्त अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज जारी गरिएको हो । सरकारको सिफारिसपछि राष्ट्रपतिबाट जारी गरिएको उक्त अध्यादेशले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा आवश्यक संशोधन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्