Skip to content

आजदेखि फेरी चल्दैछ डोजर, यी ठाउँ खाली गराइदै

काठमाडौं – आजदेखि काठमाडौंका अतिक्रमित तथा नदी किनारका बस्ती खाली गराउन डोजर चलाइँदैछ । सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत आजदेखि दोस्रो चरणको काम थाल्न लागिएको हो । पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दालाई हिजो बिहानैदेखि सामान सार्ने चटारो थियो । आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्