Skip to content

मुख्यमन्त्री बानियाँको घरमा छापा मारेको शैलीप्रति कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग

काठमाडौं – नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घरमा छापा मारेकोप्रति आपत्ति जनाएको छ । आज मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना समेत नदिई छापामार शैलीको अनुसन्धान कार्य अघि बढाएको भन्दै आपत्ति जनाएको हो ।

दलको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘मुख्यमन्त्री इन्द्रबहादुर बानियाँप्रति सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी निवास र विगतमा उहाँ आबद्ध कार्यालयमा गरिएको छापामार शैलीको अनुसन्धान कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दलका नेतामाथि लगाइएको आरोपको संवैधानिक र कानुनी दायरामा रहेर निष्पक्ष, न्यायोचितरुपमा छानबिन गर्न आग्रह गर्ने।’ बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग, भौगोलिकताको अवस्थालाई आधार बनाएर छनोट गरिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्