Skip to content

लालबन्दीमा युट्युवरले विद्यालयमा छिरेर शैक्षिक वातावरण बिथोलेको आरोप, मेयरले निकाले वक्तव्य

सर्लाही – विद्यालयमा पठनपाठन नै प्रभावित हुने गरी युट्युवरहरू पसेर अनावश्यक दु:ख दिन थालेपछि सर्लाहीको एक नगरपालिकाले सार्वजिनरूमै आपत्ति जनाएको छ । लालबन्दी नगरपालिका अन्तर्गतका केही विद्यालयमा युट्युवरले विद्यालय परिसरमा प्रवेश गरी पठनपाठन सञ्चालन भइरहेको बेला अवस्थामा अनावश्यक भिडिओ अन्तर्वार्ता लिई शैक्षिक गतिविधिमा आँच आउने व्यवहार गरेको भन्दै नगरपालिकाले ध्यानाकर्षण गराएको हो । सामुदायिक विद्यालयहरूबाट समेत गुनासो आएको नगरको विज्ञप्तिमा उल्लेख छ ।

युट्युवरहरूको कार्यले प्रअहरूको समेतको मनोबल घटाई शैक्षिक गुणस्तरमा ह्रास आउने देखिएकोले बिना अनुमति र वास्तविक यथार्थ नबुझी भ्रामक प्रसारण नगर्न चेतावनी दिइएको छ । मेयर वासुदेव अधिकारीले गैर कानुनी कार्य दण्डनीय हुने स्मरण गराउँदै शैक्षिक गतिविधि शान्तिपूर्ण वातावरणमा सञ्चालन हुने व्यवस्थामा सहयोगका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्