काठमाडौँ – ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपावरमा श्रम मन्त्रालयले छापा मारेको छ । श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मारिएको हो । ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार नगद फेला परेको छ । नगदको रसिद फेला परेको छैन । प्रम कार्यालयबाट खबर आएपछि छापा मारिएको यादवले बताए। म्यानपावर सिल गरेर कारबाही अघि बढाइने उनले बताए।





प्रतिक्रिया दिनुहोस्