Skip to content

रास्वपाको नीति मन्थनमा हेलम्बुका अध्यक्ष शेर्पा वक्ता !

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले नीति मन्थनबारे शृंखलाबद्ध बहस चलाउने भएको छ । उक्त शृंखलाअन्तर्गत आइतबार रास्वपाले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनबारे बहस चलाउन लागेको हो ।

आइतबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म पर्यटन बोर्डको हलमा हुने बहसका मुख्य वक्ता गौरव सागर दवाडी रहनेछन् । दवाडी विपद् उत्थानशीलताविज्ञ हुन् । जल तथा मौसम विज्ञान विभागकी प्रमुख अर्चना श्रेष्ठ पनि विषयविज्ञका रूपमा रहनेछन् । कार्यक्रममा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन महाशाखा प्रमुख राजेश उप्रेती लगायत वक्ताका रूपमा रहनेछन् । कार्यक्रमलाई पार्टी सभापति रवि लामिछानेले पनि सम्बोधन गर्ने कार्यसूची रहेको रास्वपाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्