काठमाडौँ – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन् । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम मा आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । विजयले मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा कंग्रेस नेता राहुल गान्धी पनि सहभागी थिए । विजयको शपथसँगै तमिलनाडुमा करिब ६ दशकदेखि पालैपालो सत्ता सञ्चालन गर्दै आएका द्रविड़ मुनेत्र कळगम (डीएमके) र अन्ना द्रविड़ मुनेत्र कजगम (एआईएडीएमके) को राजनीतिक वर्चस्व अन्त्य भएको छ । २३४ सदस्यीय तमिलनाडु विधानसभामा १२० निर्वाचित सांसदको समर्थन पाएपछि राज्यपालले शनिबार विजयलाई सरकार गठनका लागि आमन्त्रण गरेका थिए । विजयले कांग्रेससहितका सहयोगी दलहरूको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् ।
राज्यपाल अर्लेकरले विजयलाई मे १३ भित्र वा त्यसअघि विधानसभामा विश्वासको मत लिन निर्देशन दिएका छन् । आइतबार बिहान १० बजेपछि सम्पन्न शपथ समारोहमा विजयसँगै टिभीकेका वरिष्ठ नेतासहित अन्य नौ जनाले मन्त्री पदको शपथ लिएका छन् । मन्त्री पदको शपथ लिनेमा बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तना रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्