काठमाडौँ – आमाको माया र जन्मभूमिप्रतिको गहिरो भावनालाई समेटेर गायक चेतन भट्ट ले नयाँ देउडा लोकगीत “नबास कोइली रुड्भाडी मैइना” सार्वजनिक गरेका छन् । गीतमा परदेशिएको सन्तानको पीडा, आमाप्रतिको सम्झना र गाउँघरको माया भावुक ढंगले प्रस्तुत गरिएको छ। गीतका शब्द तथा संगीत स्वयं चेतन भट्टकै रहेको छ भने संगीत संयोजन विनोद बजुराली ले गरेका हुन् । रेकर्डिस्ट सागर बजुराली रहेका छन् भने मिक्सिङ तथा मास्टरिङ खडक बजुरालीले गरेका हुन्। गीतको रेकर्डिङ Malashree Recording Studio मा गरिएको हो ।
गीतको भिडियो पनि भावनात्मक कथावस्तुमा आधारित रहेको छ । भिडियोका निर्माता रेणुका अवस्थी हुन् भने कथा तथा निर्देशन केशव राज भट्टले गरेका छन् । भिडियोमा चेतन भट्ट, रिशव भट्ट र शुमिना कार्की को अभिनय रहेको छ । छायांकन करण चैसिर ले गरेका हुन् भने सम्पादन तथा कलर दिपक बिष्टले गरेका छन् । मेकअप आर्टिस्ट अनिमेष जोर्डेन र वेशभूषा व्यवस्थापन Valentino The Boutique ले गरेको जनाइएको छ । उत्पादन व्यवस्थापक नाथुनी जैसवाल रहेका छन् ।
“झल पडना घाम ओछाना इजु का हुनि है, मुइलाई सम्झी मेरि इजु धुरधुर रुनि है…” जस्ता मार्मिक शब्दहरूले आमाको सम्झना र गाउँघरको पीडालाई उजागर गरेका छन् । लोकभाकामा आधारित गीतले विशेषगरी जन्मभूमिबाट टाढिएका नेपालीहरूको मन छोएको श्रोताहरूले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्