काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बिहान बस्दैछ । पहिलो महाधिवेशनबारे छलफल गर्न रास्वपा केन्द्रीय समिति बैठक बिहान ९ बजे पार्टी कार्यालय चःमतिमा बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार आज बस्ने बैठकले केन्द्रीय महाधिवेशन मितिबारे छलफल गर्ने छ । त्यस्तै महाधिवेशनको प्रतिनिधिबारे टुुंगो लगाउने नेताहरूले बताएका छन् । यसअघि बसेको केन्द्रीय समिति बैठकले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्छ ।





प्रतिक्रिया दिनुहोस्