काठमाडौँ – प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नजाने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएकाे प्रतिनिधिसभाको बैठक आज बस्ने भएकाे हाे । बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए । नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।





प्रतिक्रिया दिनुहोस्