Skip to content

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सरकार पूर्ण प्रतिबद्ध- अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले लोकतान्त्रिक उपलब्धिहरूलाई सरकारले मार्गदर्शनका रूपमा लिएको स्पष्ट पारे ।

कतिपय सांसदहरूले सरकारको शासन व्यवस्थाप्रतिको प्रतिबद्धताबारे प्रश्न उठाएपछि अर्थमन्त्री वाग्लेले लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई कमजोर पार्ने कुनै सोच नरहेको बताए । उनले “हामी पाङ्ग्राको पुनः आविष्कार गर्न आएका होइनौँ” भन्दै विगतमा हासिल भएका उपलब्धिलाई थप सुदृढ र समृद्ध बनाउने दिशामा सरकार अघि बढिरहेको उल्लेख गरे । उनले अग्रज पुस्ताले स्थापित गरेको राजनीतिक उपलब्धिको जगमै नयाँ पुस्ताले भविष्य निर्माण गर्न सक्ने धारणा राख्दै अनुभव र उपलब्धिको निरन्तरताबाटै मुलुकलाई समृद्धितर्फ लैजान सकिने बताए । अर्थमन्त्री वाग्लेले वर्तमान सरकारको राजनीतिक धरातल नै संघीय लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गर्दै यस व्यवस्थाप्रति सरकारको “पूर्ण प्रतिबद्धता” रहेको दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्