Skip to content

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित

काठमाडौँ – सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित विपक्षी दलहरूले संसद बैठक अवरोध तथा बहिष्कार गरे पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रधानमन्त्रीले प्रश्नहरूको जवाफ दिनुपर्ने माग राखेर नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम स‌ंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसका सांसदले उठेर बैठक अवरोध गरेका थिए । यद्यपि, विपक्षी दलहरूको अवरोध र बहिष्कारबीच नीति तथा कार्यक्रम पारित भएको हो । यसअघि आजै बसेको राष्ट्रियसभाको बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्