Skip to content

वास्तविक नेतृत्वले संस्थालाई कमजोर पारेर आफूलाई हिरो देखाउँदैन : प्रवक्ता चालिसे

काठमाडौं – देवराज चालिसे ले लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठूलो हुने बताएका छन् । उनले लोकतन्त्र विधि, प्रक्रिया र संस्थागत मर्यादाबाट सञ्चालन हुने व्यवस्था भएकाले संस्थालाई सधैँ प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

चालिसेले पछिल्लो समय राजनीतिक दलभित्र र संसदमा व्यक्ति र संस्थामध्ये कुन ठूलो भन्ने बहस चलिरहेको उल्लेख गर्दै लोकतन्त्रमा व्यक्तिका इच्छा र आकाङ्क्षा प्रक्रिया अधीनमा रहने बताए । उनका अनुसार व्यक्ति क्षणिक भए पनि संस्था स्थायी हुने भएकाले लोकतान्त्रिक व्यवस्थाको आधार संस्थागत प्रणाली नै हो । उनले अधैर्य नेतृत्वभन्दा धैर्यवान संस्था सुरक्षित हुने उल्लेख गर्दै पार्टी र राष्ट्र दुवै आवेगबाट नभई संस्थागत सन्तुलनबाट सञ्चालन हुनुपर्ने बताए । चालिसेका अनुसार लोकतन्त्रमा शक्तिशाली नेता भन्दा शक्तिशाली संस्था आवश्यक पर्छ । कुनै नेता आफूलाई संस्थाभन्दा माथि ठान्ने, प्रक्रियालाई बोझ मान्ने वा संस्थाभन्दा बाहिर आफूलाई स्थापित गर्न खोज्ने अवस्था आए लोकतन्त्र कमजोर बन्ने उनको भनाइ छ । उनले वास्तविक नेतृत्व भनेको संस्थालाई कमजोर बनाएर व्यक्तिगत छवि निर्माण गर्नु नभई संस्थालाई अझ बलियो, जवाफदेही र स्थिर बनाउनु रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्