Skip to content

चक्कु प्रहार गरी भेनाजुले गरे सालोको हत्या

काठमाडौँ – काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा एक युवकको हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका-५ का अन्दाजी २०/२५ वर्षका जाकिर मन्सुरीको गएराति ९:१५ बजे हत्या भएको हो । हत्या आरोपमा उनकै भिनाजु नाता पर्ने महोत्तरी घर भई खरिबोट बस्दै आएका अन्दाजी ३८ वर्षीय समि अहमद पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरायसी विवाद हुँदा समिले जाकिरमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका समिलाई सतुंगलस्थित मेड पोइन्ट अस्पताल पुर्‍याइएकोमा राति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।  घटनामा प्रयोग भएको चक्कुसहित समि अहमदलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लास जाँच मुचुल्कापछि पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्