काठमाडौं – प्रतिनिधि सभाले आगामी असार १५ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ। तर, प्रतिनिधि सभा नियमावलीमा व्यवस्था भएअनुसार प्रधानमन्त्रीसँगको मासिक प्रश्नोत्तर कार्यक्रम भने क्यालेन्डरमा समावेश गरिएको छैन । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो सातामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। यसअघि सबै प्रधानमन्त्रीले सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै आएका थिए ।
सार्वजनिक क्यालेन्डरमा जेठ ४ गतेदेखि विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकलगायत विषयमा छलफल र पारित गर्ने कार्यसूची समेटिएको छ । तर जेठ र असार १५ गतेसम्मका कुनै पनि बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम उल्लेख गरिएको छैन । यसअघि पनि प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा उत्तर दिएका थिए।





प्रतिक्रिया दिनुहोस्