काठमाडौँ – विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध गरे पनि सभामुख डीपी अर्यालले पेलेर संसद चलाएपछि नेकपा एमाले, नेकपालगायत दलका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् । विपक्षीको विरोधका कारण पहिलो बैठक स्थगित गरेका सभामुखले बिहीबारको दोस्रो बैठकमा विपक्षीलाई पेलेर बैठक अघि बढाएका छन् ।
सभामुखले पेलेर बैठक अघि बढाएपछि विपक्षी दलका सांसदहरूले संसदीय मर्यादा कायम गर, विपक्षीको माग सम्बोधन गर, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद र निरंकुश सरकार मुर्दावाद जस्ता नारा लगाइरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्