Skip to content

अविरल वर्षापछि पाँचथरमा बाढी–पहिरोको वितण्डा, पुलदेखि हाइड्रोसम्ममा क्षति

पाँचथर – अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ । गएरातिदेखि परेको निरन्तर वर्षापछि आएको बाढीले दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्ग आसपास निर्माण गरिएका विभिन्न संरचना बगाएको स्थानीयले बताएका छन् । बाढीका कारण केही नागरिकका घरसमेत बगाएको जनाइएको छ । बाढीले पाँचथर र तेह्रथुम जोड्ने निर्माणाधीन पक्की मोटरेबल पुलसमेत बगाएको छ । यस्तै, याङवरक गाउँपालिकाभित्र पर्ने दोभाने खोलामा सञ्चालित हाइड्रोपावर परियोजनामा पनि क्षति पुगेको छ । स्थानीयका अनुसार बाढीले सडक, पुल, विद्युत् संरचना तथा अन्य दर्जनौँ भौतिक संरचनामा क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्