कान्ता गिरी
काठमाडौँ – जापानस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाली कला, संस्कृति, पर्यटन तथा व्यवसायिक सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘चौथो नेपाल फेस्टिभल एण्ड मिनि एक्स्पो २०२६’ हुने भएको छ ।
गैरआवासीय नेपाली संघ (NRNA) जापान अन्तर्गत क्षेत्रीय समन्वय परिषद् नागोयाद्वारा आयोजित पत्रकार सम्मेलनमा ‘चौथो नेपाल फेस्टिभल एण्ड एक्स्पो २०२६’ को तयारी, उद्देश्य, विशेष आकर्षण तथा फेस्टिभलमार्फत नेपाल प्रवर्द्धनका योजनाबारे जानकारी गराइएको थियो । ‘चौथो नेपाल फेस्टिभल एण्ड एक्स्पो २०२६’ मे ३०, ३१ र जुन १ सम्म ३ दिन चल्ने आयोजकले जनाएको छ । आयोजकहरूले जापानमा रहेका नेपाली समुदायबीच आपसी सहकार्य र एकता मजबुत बनाउनुका साथै नेपाली संस्कृति, परम्परा, खानपान र पर्यटन क्षेत्रलाई जापानी समुदायमाझ परिचित गराउने लक्ष्य रहेको छ ।
फेस्टिभलमा सांस्कृतिक प्रस्तुति, नेपाली परिकार, विभिन्न प्रदर्शनी स्टल तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने जानकारी समेत दिइएको थियो । कार्यक्रममा सञ्चारकर्मी, आयोजक समिति, प्रचार–प्रसार समितिका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको सहभागिता रहेको थियो । आयोजकले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्