Skip to content

भारत भ्रमणमा जाँदै रवि लामिछाने, मोदी र जयशंकरसँग भेटवार्ता हुने

काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय सरकारको निमन्त्रणामा उनको दुई दिने भ्रमण तय भएको रास्वपा स्रोतले जनाएको छ । स्रोतका अनुसार लामिछाने जेठ १८ आसपास नयाँ दिल्ली जाने तयारीमा छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि नेपाल–भारतबीच उच्चस्तरीय भ्रमणहरू खासै हुन सकेका छैनन् । यसअघि भारतीय विदेश सचिवको नेपाल भ्रमण र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणसमेत स्थगित भएको थियो । भारतले प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो दिए पनि अहिलेसम्म भ्रमण तय हुन सकेको छैन । प्रधानमन्त्री शाहले विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी अधिकारीलाई अत्यावश्यक अवस्थाबाहेक नभेट्ने प्रोटोकल बनाएका कारण भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्