काठमाडौं – तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । सभापति गगन कुमार थापाले कोइरालालाई पार्टी आबद्ध भ्रातृ संघ तरुण दलको अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनलाई २१ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनुसार, सभापति थापाले नियुक्त गरेको दुलालले जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई तरुण दल स्वत विघटन भएको र कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरेको उनले बताएका छन् । साथै, उनलाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरेको पनि दुलालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कोइराला २०६३ सालमा तत्कालीन तरुण दलका अध्यक्ष महेन्द्र यादवको समितिमा केन्द्रीय सदस्य थिए ।





प्रतिक्रिया दिनुहोस्