आज बसेको मन्त्रिपरिषद् बैठकले ४ निर्णय गरेकाे छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले ४ निर्णय गरेकाे जानकारी गराए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
आव ८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने ।
नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे-केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने ।
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने ।





प्रतिक्रिया दिनुहोस्