Skip to content

रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको सम्बन्ध छैन : सरकार प्रवक्ता

काठमाडौं – सरकारका प्रवक्ता सस्मित पोखरेल ले रवि लामिछाने को भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाह को कुनै सम्बन्ध नरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता पोखरेलले रवि लामिछाने व्यक्तिगत कार्यक्रमअनुसार भारत जान लागेको स्पष्ट पारे । ‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीज्यूको त्यससँग कुनै सम्बन्ध छैन,’ उनले भने ।

उनले प्रधानमन्त्री शाह अहिले भारत मात्र नभई कुनै पनि देशको भ्रमणको तयारीमा नरहेको जानकारी दिए । सरकारको ध्यान अहिले सुरुका सय दिनभित्रका कामलाई प्रभावकारी रूपमा अघि बढाउन केन्द्रित रहेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्रै जानुभएको होइन,’ पोखरेलले भने, ‘अहिले विदेश कहीं पनि जानुभएको छैन । पहिलो सय दिनको कार्यव्यस्तता धेरै छ । सुरुमा काममै बढी फोकस गरेका छौं ।’ सरकारले प्रारम्भिक कार्यकालमा सेवा प्रवाह सुधार, विकास निर्माणका काम र प्रशासनिक प्रभावकारितालाई प्राथमिकतामा राखेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्