Skip to content

संसद्‍मा आज पनि हर्क साम्पाङले देखाए प्ले कार्ड

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्ले कार्ड देखाएका छन् । प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले प्ले कार्ड देखाएका हुन् । त्यसपछि सभामुख डिपी अर्यालले बोल्न समय दिए । त्यसपछि प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरे । नियम १५ को उपनियम २ मा प्रधानमन्त्री र मन्त्रीले संसदमा उठेका प्रश्नहरूको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था छ । यसको कार्यान्वयन हुनुपर्ने साम्पाङको माग छ ।

प्रतिक्रिया दिनुहोस्