Skip to content

भोलिको बजेट आउने भएपछि भन्सार जाँच बन्द, कहिले खुल्छ ?

शुक्रबारको बजेटबाट हुने करका दर तथा शुल्कहरू अद्यावधिक गर्न भन्सार जाँचपास रोकिएको छ । भन्सार विभागले बुधबार नै सबै भन्सार कार्यालयहरूमा बिहीबार रातिदेखि भन्सार जाँचपास रोक्न पत्राचार गरेको थियो । सामान्यतया हरेक पटक बजेट आउनुअघि रातिदेखि अर्को दिन मध्यरातसम्म जाँचपास बन्द गरिन्छ । बजेटबाट परिवर्तन हुने भन्सार दरहरू अद्यावधिक गरिएपछि जाँचपास सुरू हुने भन्सार अधिकारीहरूले बताएका छन् ।

यो पटक सरकारले मुख्यतः भन्सारका दरहरू केही बढाउने, अन्तःशुल्क लाग्ने वस्तुहरूको सूची केही घटाउने तथा भ्याट छुट भएका वस्तुको सूची पनि घटाउने तयारी गरेको छ । हरेक पटक बजेटमार्फत अल्कोहल, चुरोट तथा सूर्तीजन्य वस्तुहरूको कर बढाउने गरिएको छ। यो पटक पनि स्वास्थ्यका लागि हानिकारक उत्पादनमा कर बढाउने तयारीमा सरकार छ । त्यस्तै, केही विद्युतीय सवारी साधनमा पनि कर बढाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्