काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अस्पताल भर्ना छन् । उनी शनिबार बिहान ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । प्रचण्डका सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई–तीन दिनदेखि रुघाखोकी र ज्वरो आएको थियो । बिहान ज्वरो १०२ सम्म पुगेपछि अस्पताल ल्याइएको छ । अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ । प्रारम्भिक परीक्षणमा निमोनिया देखिएको र थप उपचार भइरहेको उनको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्